म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको ऐतिहासिक विजय 🗳️

Image
Nisarga Hospital

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्।

CP Hospital Dhangadhi

म्याग्दीमा एउटै निर्वाचन क्षेत्र रहेको छ। स्वतन्त्र उम्मेदवार पुनले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई करिब तीन गुणा मतान्तरले हराउँदै विजयी भएको हुन्। पुनले २२,८५० मत प्राप्त गरे भने उनका मुख्य प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले ७,११९ मत मात्र पाएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६,६८४ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३,५२९ मत पाएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

म्याग्दीमा जम्मा ८६,३९७ मतदाता रहेकोमा ४६,२१५ मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

Dhnagadhi & Krishanapur