लुम्बिनी–रामग्राम पदयात्रा: शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने प्रयास

Image
Nisarga Hospital

थाइल्याण्डका करिब ३०० भिक्षुहरूले लुम्बिनीबाट रामग्रामसम्म ‘चारिक थुडोङ बुद्धभूमि’ नामक पदयात्रा सुरु गरेका छन्। यो दुई दिन एक रातको पैदल यात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट भैरहवास्थित शान्ति बौद्ध गुमाबीसम्म हुनेछ र अर्को दिन रामग्राम स्तुप पुगेर सम्पन्न हुनेछ।

CP Hospital Dhangadhi

पदयात्राका प्रमुख आचार्य चालान अनङ्कानोका अनुसार यात्रा धर्म अभ्यास, मन–आत्माको शुद्धीकरण, समाजमा करुणा र मैत्रीभाव फैलाउने उद्देश्यले आयोजना गरिएको हो। टोलीमा थाइल्याण्ड, लाओस, मलेसिया र भियतनामका भिक्षुहरू सहभागी छन्। प्रत्येक पाइला सचेतनतासाथ हिँड्दै सहभागीहरूले सहनशीलता, आत्मनियन्त्रण र करुणा अभ्यास गरिरहेका छन्।

रामग्राम पुगिसकेपछि टोली भारततर्फ प्रस्थान गरी कुशीनगर, वैशाली हुँदै बोधगयासम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको छ। आयोजक आचार्य चरन अनङ्खानोका अनुसार यो यात्रा प्रत्येक वर्ष आयोजना हुँदै आएको र बुद्ध धर्मका अनुयायीहरूले शिक्षालाई स्मरण गर्दै आध्यात्मिक साधना गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur