पेट्रोलियम मूल्य घटाउन उज्यालो नेपाल पार्टीको सरकारसँग माग

Image
Nisarga Hospital

उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग तत्काल पहल गर्न माग गरेको छ। पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कर तथा भन्सार शुल्कको पुनरावलोकन गरी इन्धनको मूल्य घटाउन आग्रह गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

पार्टीका अनुसार नेपाल–भारतबीचको मूल्य अन्तर कम गर्न विशेष संयन्त्र आवश्यक छ। साथै बजारमा देखिने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ नियन्त्रणका लागि संयुक्त अनुगमन संयन्त्र सक्रिय बनाउनुपर्ने माग गरिएको छ।

पार्टीले विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न विशेष सहुलियत दिन सरकारलाई सुझाव दिएको छ, जसले दीर्घकालीन रूपमा इन्धन निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ।

त्यस्तै नेपाल आयल निगमको वास्तविक लागत संरचना र कर प्रणालीमा पूर्ण पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिइएको छ। पार्टीले इन्धन मूल्य स्थिर र जनमैत्री बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएको छ।