डोको र नाम्लोको सहारामा जीवन–यात्रा : श्रीमती बचाउन कम्माने दमाईको कष्टपूर्ण संघर्ष

Image
Nisarga Hospital

कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाका ५० वर्षीय कम्माने दमाईको जीवन अहिले पीडा, बाध्यता र संघर्षको प्रतीक बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, र त्यसमाथि रोगले थला परेकी श्रीमती—यो दृश्य कुनै चलचित्र होइन, उनीहरूको दैनिक जीवन हो।

CP Hospital Dhangadhi

मधुमेहका कारण ४५ वर्षीया श्रीमती जमुना दमाईको खुट्टा सुन्निएपछि हिँडडुल असम्भव बनेको छ। नियमित उपचारका लागि कम्मानेले उनलाई डोकोमै बोकेर करिब साढे दुई घण्टाको उकालो–ओरालो पार गर्दै फल्लेबिसौना पुर्‍याउनुपर्ने अवस्था छ, जहाँबाट मात्रै सवारी सुविधा पाइन्छ।

गाउँमा अधिकांश युवा वैदेशिक रोजगारीमा गएपछि सहयोग गर्ने हात पनि छैनन्। बुढापाका र बालबालिकामात्र बाँकी हुँदा बिरामी बोक्ने अवस्था झनै कठिन बनेको छ। आर्थिक अभावका कारण लामो समय उपचार सम्भव नभए पनि स्थानीय सहयोगबाट संकलित रकमले केही उपचार भए पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन।

nawajiwan
Attariya Hospital

कम्माने स्वयं पनि ज्याला मजदुरी गरेर परिवार चलाइरहेका छन्। चुनावका बेला नेताहरूले आश्वासन दिए पनि व्यवहारमा परिवर्तन नआएको उनी बताउँछन्। “भोट माग्दा सबै आउँछन्, तर पछि कोही फर्किँदैन,” उनको गुनासो छ।

सबै कठिनाइबीच पनि उनको एउटै चाहना छ—श्रीमतीलाई राम्रो उपचार गराएर निको बनाउने, जसका लागि उनी अन्तिमसम्म प्रयास गर्ने बताउँछन्।

Advertize US