बालेन सरकारमा २६ दिनमै दुई मन्त्रीको पद गयो ! पारदर्शितामाथि प्रश्न

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। कार्यशैली र व्यक्तिगत पारदर्शितामाथि उठेका विवादका कारण उनीहरूलाई राजीनामा दिन बाध्य बनाइएको हो।

CP Hospital Dhangadhi

यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदबाट हटाइएका थिए। आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराएको आरोपपछि उनी विवादमा परेका थिए। त्यसपछि रास्वपाले उनलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो।

Attariya Hospital

हाल गृहमन्त्री सुदन गुरुङले पनि सम्पत्ति र लगानीसम्बन्धी प्रश्न उठेपछि बुधबार राजीनामा दिएका छन्। उनले केही दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक भएको भन्दै आलोचना भएको थियो। साथै माइक्रो इन्स्योरेन्समा लगानी र सामाजिक संस्था “हामी नेपाल” मार्फत व्यक्तिगत खाताबाट कारोबार भएको आरोप पनि सार्वजनिक भएको छ।

nawajiwan

यी घटनाले सरकारको सुरुवाती दिनमै पारदर्शिता र सुशासनबारे गम्भीर प्रश्न उठाएको छ। लगातार विवाद र दबाबपछि मन्त्रीहरूको बहिर्गमनले राजनीतिक वृत्तमा चर्चा बढाएको छ।