
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा Rajasthan Royals ले Lucknow Super Giants लाई ४० रनले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। लखनउमा सम्पन्न खेलमा राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभरमै ११९ रनमा समेटियो।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। टोलीका लागि Ravindra Jadeja ले २९ बलमा अविजित ४३ रनको उत्कृष्ट पारी खेले।

जवाफी ब्याटिङमा लखनउका Mitchell Marsh ले ५५ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। राजस्थानका बलरले कसिलो बलिङ गर्दै विपक्षीलाई दबाबमा राखे।

अलराउन्ड प्रदर्शन गरेका जडेजा ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस जितसँगै राजस्थान दोस्रो स्थानमा कायम रहँदा लखनउ नवौँ स्थानमा झरेको छ।





























