आज लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र गणतन्त्रको आधार

Image
Nisarga Hospital

नेपालमा आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जनआन्दोलन २०६२/६३को सफलतापछि विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनर्स्थापना गरेसँगै लोकतन्त्र पुनःस्थापित भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

CP Hospital Dhangadhi

विसं २०५९ मा संसद् विघटनपछि सुरु भएको राजनीतिक अस्थिरता र प्रत्यक्ष राजशासन २०६३ को घोषणासँगै अन्त्य भएको थियो। सात दल र तत्कालीन माओवादीबीच भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक बनायो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलन देशव्यापी बन्दै लाखौँ जनता सडकमा उत्रिएपछि राजाले जनताको माग स्वीकार गर्न बाध्य भएका थिए।

Attariya Hospital

संसद् पुनर्स्थापनापछि राजसंस्थाको अधिकार कटौती हुँदै २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो। त्यसपछि २०७२ असोज ३ गते नयाँ संविधान जारी भई संघीय शासन प्रणाली कार्यान्वयनमा आएको छ।

nawajiwan