सुकुमबासी बस्ती हटाउन बालेन सरकार सक्रिय, स्थायी समाधानको दाबी

Image
Nisarga Hospital

सरकारले शनिबार बिहानदेखि काठमाडौँका विभिन्न सुकुमबासी बस्ती हटाउने अभियान सुरु गर्ने भएको छ। वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउन लागिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। उनीहरूले उचित पुनःस्थापनाको माग गर्दै विरोध जनाएका छन्।

CP Hospital Dhangadhi

यसैबीच बालेन्द्र शाह ले भने यो समस्या वर्षौँदेखि दोहोरिँदै आएको भन्दै स्थायी समाधान गर्ने दाबी गरेका छन्। उनका अनुसार देशभरका वास्तविक सुकुमबासीलाई प्रक्रिया पुर्‍याएर चाँडै जग्गा वितरण गरिनेछ।

सरकारका अनुसार नदीकिनारमा बसोबास गर्नेहरूको सुरक्षाका साथै उपत्यकाको ढल निकास प्रणाली सुधार गर्न स्थानान्तरण आवश्यक छ। हरेक वर्ष आउने बाढीले जोखिम बढाउँदै आएकोले सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार भएको प्रधानमन्त्रीको भनाइ छ।

nawajiwan
Attariya Hospital

थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्तीहरूलाई मानवीय ढंगले, बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने पनि उनले स्पष्ट पारे।