
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सानदार ९ विकेटको जित हात पारेको छ। जितको आधार बनेका ओपनर कुशल भुर्तेलले शानदार शतक प्रहार गर्दै टोलीलाई लक्ष्यसम्म पुर्याए।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ ओभर ३ बलमा मात्र १ विकेट गुमाउँदै १६७ रन बनाएको अवस्थामा खेल नियन्त्रणमा लिएको थियो। कुशल भुर्तेलले १०४ बलमा शतक पूरा गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले १२ चौका र ३ छक्का प्रहार गरे।

यो कुशलको ओडिआई करियरको दोस्रो शतक हो। यसअघि उनले सन् २०२३ मा नामिबियाविरुद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए। उनको यो इनिङले नेपाललाई सहज जित दिलाउन निर्णायक भूमिका खेलेको हो।

नेपालको ब्याटिङ संयमता, साझेदारी र आक्रामक शैलीले सम्पूर्ण खेलमा अमेरिकालाई दबाबमा राखेको देखिएको थियो। भुर्तेलको शतकसँगै नेपाली क्रिकेटले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेको छ।






























