कैलालीमा भन्सार छलिका सामान बरामद : दुई लाखभन्दा बढीको अवैध सामग्री नियन्त्रणमा

Image
Nisarga Hospital

कैलालीः जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरी ल्याइएका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर, वडा नम्बर १९ नर्सरीघाट तथा भजनी नगरपालिका–५ पगियापसार घाट क्षेत्रबाट अवैध सामान नियन्त्रणमा लिइएको हो।

CP Hospital Dhangadhi

बरामद सामानको मूल्य करिब २ लाख ८ हजार ४ सय १० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका सामानमा सुटपिस, अचार, कपी, सुर्ती, बिडी, गुट्खा, चकलेट तथा बोइलर कुखुरा समेत रहेका छन्। ती सामग्री भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएको प्रारम्भिक अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको थियो। आवश्यक प्रक्रिया पूरा गरी सबै सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भन्सार राजस्व छली तथा अवैध व्यापार नियन्त्रणका लागि नियमित निगरानी र गस्तीलाई थप कडाइ गरिएको प्रहरीले स्पष्ट पारेको छ। प्रहरीले यस्ता गतिविधि रोक्न स्थानीयलाई पनि सहयोग गर्न आग्रह गरेको छ।