
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। केही स्थानमा हल्का देखि मध्यम वर्षासमेत भइरहेको छ भने तराईका अधिकांश भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा देखिएको छ।

आज दिउँसो कोशीसहित पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ। मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने अन्य तराई भागमा मौसम सफा रहने सम्भावना छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बादल लाग्नेछ। केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा भने तातो दिन रहने सम्भावना पनि उल्लेख गरिएको छ।
































