
सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिमा आधारित नयाँ म्युजिक भिडियो ‘पहाडकी मैना’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीत कैलालीको अत्तरिया, गोदावरी र धनगढी क्षेत्रमा छायांकन गरिएको हो, जसले सुदूरपश्चिमको कला, संस्कृति र देउडा परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

गीतमा गायक प्रेम देउवा र रेखा जोशीको स्वर रहेको छ। हर्क बिबस खनालको शब्द, प्रेम देउवाकै संगीत तथा कृष्ण बजुरेलीको एरेन्ज रहेको गीतलाई दर्शकमाझ आकर्षक बनाउन आधुनिक प्रविधिको प्रयोग गरिएको छ।

म्युजिक भिडियोको कथा तथा निर्देशन रमेश बिजुली बीसीले गरेका छन्। भिडियोमा कलाकारहरू रायन आचार्य, रमेश बिजुली बीसी, झरना बोहरा, मनिषा सिंह र सुरेन्द्र संगमको अभिनय देख्न सकिन्छ।

सुदूरपश्चिमको लोकसंस्कृति, परम्परा र देउडा नृत्यलाई विशेष रूपमा प्रस्तुत गरिएको यस भिडियोले स्थानीय परिवेशलाई उजागर गरेको निर्माण पक्षले जनाएको छ। ‘पहाडकी मैना’ले मौलिक संगीतप्रेमी दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।






























