
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्दै आज २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।

बिहीबार यही सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ५१ हजार ८८५ रुपैयाँ रहेको थियो।

सुनको मूल्य घटेको दिन चाँदीको बजार भने उकालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३८५ रुपैयाँ तोकिएको छ। बजारमा सुनको सामान्य गिरावट र चाँदीको बढ्दो मूल्यले खरिदकर्ता तथा लगानीकर्ताको ध्यान तानेको छ।






























