सुनको मूल्यमा भारी गिरावट, तोलामा साढे ५ हजारले घट्यो

Image
Nisarga Hospital

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ, जुन बुधबारको तुलनामा साढे ५ हजार रुपैयाँले कम हो।

CP Hospital Dhangadhi

बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागमा आएको परिवर्तनका कारण मूल्य घटेको अनुमान गरिएको छ।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

nawajiwan

लगातारको मूल्य घटबढले बजारमा अनिश्चितता बढाएको व्यवसायीहरूको भनाइ छ। उपभोक्ता र लगानीकर्ताहरूले समेत सुनचाँदीको मूल्य परिवर्तनलाई नजिकबाट हेरिरहेका छन्।