सुनचाँदीको मूल्यमा भारी उछाल, सुन प्रतितोला २ लाख ९० हजार नाघ्यो

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ कायम गरिएको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १७५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३२० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

nawajiwan