‘तेज’ ब्राण्डको तोरीको तेल न्यूनस्तर, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

Image
Nisarga Hospital

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भइरहेको ‘तेज’ ब्राण्डको तोरीको तेल न्यूनस्तरको पाइएकाले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलित नमूना प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्डअनुसार नपाइएको जनाएको हो।

CP Hospital Dhangadhi

रुपन्देहीको गुरुबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित उक्त तेलमा समस्या देखिएको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार २०८२ फागुन २८ गते उत्पादन भएको ‘ब्याच नं. २०’ को तोरीको तेल मापदण्ड विपरीत पाइएकाले उक्त ब्याचका सम्पूर्ण उत्पादन बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिइएको छ।

Attariya Hospital

साथै, सोही ब्याचका तेलको बिक्री वितरण रोक्न र नगराउन समेत आदेश जारी गरिएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको विभागले स्पष्ट पारेको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै कडाइका साथ अनुगमन जारी रहने बताइएको छ।

nawajiwan