सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा भने हल्का वृद्धि

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम गरेको छ। आइतबार भने सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ५४५ रुपैयाँ निर्धारण गरिएको छ।

Attariya Hospital

यता, सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५९१ रुपैयाँ कायम गरिएको छ। पछिल्ला दिनहरूमा सुन–चाँदीको मूल्यमा उतारचढाव जारी रहेकाले बजारको गतिविधि र अन्तर्राष्ट्रिय मूल्य प्रवृत्तिले आगामी दिनको मूल्य निर्धारणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।