सिमा विवादमा अभिव्यक्ति पछि रास्वपा सांसद सुनारको समर्थन, विवादित टिप्पणी सार्वजनिक

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको बचाउमा सत्तारुढ रास्वपाका सांसदहरू सक्रिय देखिएका छन्। यही क्रममा सांसद खगेन्द्र सुनारले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति अहिले चर्चामा आएको छ।

CP Hospital Dhangadhi

सुनारले प्रधानमन्त्री शाहले संसदमा व्यक्त गरेको “नेपालले पनि भारतको सीमा मिचेको” भन्ने भनाइलाई समर्थन जनाउँदै त्यसका केही उदाहरण प्रस्तुत गर्ने प्रयास गरेका थिए। उनका अनुसार दुवै देशबीच सीमासम्बन्धी विषयलाई निष्पक्ष रूपमा छलफल गर्नुपर्ने आवश्यकता छ।

Attariya Hospital

उनले भारत छिमेकी नभएको भए कर्णाली र सुदूरपश्चिमका धेरै नागरिकको जीवन कठिन हुने दाबी गर्दै ठूलो संख्यामा नेपाली श्रमिक भारतमा कार्यरत रहेको उल्लेख गरे।

nawajiwan

सुनारले सीमा विवादलाई अतिरञ्जित नगरी दुवै पक्षले “मिचिएको क्षेत्र फिर्ता गर्ने” विषयमा इमान्दार छलफल गर्नुपर्ने धारणा समेत राखेका छन्।