अण्डाको समर्थन मूल्य पुनः वृद्धि, किसानलाई लागत नजिकको मूल्य प्राप्त हुने

Image
Nisarga Hospital

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य पुनः वृद्धि गरेको छ। सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

CP Hospital Dhangadhi

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

सङ्घले तोकिएको मूल्यअनुसार कारोबार गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव, बढ्दो लागत र दानालगायतका सामग्रीको मूल्य वृद्धिलाई ध्यानमा राखेर समायोजन गरिएको बताए।

पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर उकालो लागेको छ। उत्पादन घट्नु, माग बढ्नु, पर्यटक आगमन वृद्धि, तथा सीमामा आयात–नियन्त्रण कडाइ हुनुजस्ता कारणले मूल्य वृद्धि भएको सङ्घको भनाइ छ।

किसानले लागत नजिकको मूल्य पाउन थाले पनि दीर्घकालीन स्थायित्वका लागि सरकारी नीति र बजार व्यवस्थापन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए।