
सुनको भाउ सोमबार पनि घटेको छ। अघिल्लो दिन तोलामा ८ हजार २०० रुपैयाँले घटेको सुन आज थप ९०० रुपैयाँले घटेको हो। यससँगै सुनको मूल्य ३ लाख रुपैयाँभन्दा तल झरेको छ।

आज सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँसम्म पुगेको थियो।

यता, चाँदीको भाउ भने सामान्य वृद्धि भएको छ। अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ।































