सुनको भाउमा उछाल, तोलामा २ हजारले वृद्धि

Image
Nisarga Hospital

लगातार गिरावटपछि सुनको भाउ फेरि बढेको छ। आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दै ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुन तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको भाउ पनि सामान्य रूपमा बढेको छ। चाँदी आज तोलामा २० रुपैयाँले वृद्धि भई ४ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

बजारमा देखिएको यो वृद्धिले सुनचाँदी कारोबारमा पुनः चलायमानता देखिएको छ।

nawajiwan