मध्यपूर्वमा जारी द्वन्द्वकाबीच यात्रु आकर्षित गर्न युएई एयरलाइन्सको नयाँ रणनीति

Image
Nisarga Hospital

मध्यपूर्वमा जारी द्वन्द्वका कारण हवाई यात्रामा परेको प्रभाव कम गर्न युएईका प्रमुख एयरलाइन्सले यात्रु आकर्षित गर्ने नयाँ सुविधा सार्वजनिक गरेका छन्। एमिरेट्स एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना ल्याउँदै चिकित्सा उपचार, यात्रा रद्द, उडान ढिलाइ, सामान हराउने तथा आपतकालीन उद्धारजस्ता सुविधा समेटेको जनाएको छ।

CP Hospital Dhangadhi

एमिरेट्सका अध्यक्ष टिम क्लार्कले दुबईप्रतिको यात्रुको विश्वास कायम राख्न तथा विद्यमान बीमा सेवाको कमी पूरा गर्न नयाँ योजना ल्याइएको बताए।

Attariya Hospital

यस्तै, इतिहाद एयरवेजले जुलाइदेखि डिसेम्बरसम्म युएई भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुका लागि निःशुल्क चिकित्सा सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

nawajiwan

इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण पछिल्ला महिनामा मध्यपूर्वको हवाई सेवा र पर्यटन प्रभावित बनेको विश्लेषण गरिएको छ। यसबीच वाशिङ्टन र तेहरानबीच द्वन्द्व समाधानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिए पनि दीर्घकालीन शान्तिका लागि थप वार्ता आवश्यक रहने बताइएको छ।