होर्मुज जलसन्धिमा फेरि तनाव: इरानमाथि अमेरिकी हवाई आक्रमण, विश्व व्यापारिक मार्गमा सुरक्षा चिन्ता

Image
Nisarga Hospital

होर्मुज जलसन्धिमा व्यापारिक जहाजमाथि इरानले ड्रोन आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले इरानी सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गर्दै गरिएको कारबाही अघिल्लो दिन भएको ड्रोन आक्रमणको जवाफस्वरूप गरिएको हो।

CP Hospital Dhangadhi

अमेरिकाले इरानको कारबाहीलाई युद्धविरामको उल्लंघन र अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा नौवहन स्वतन्त्रतामाथिको चुनौती भएको जनाएको छ। सेन्ट्रल कमान्डले होर्मुज जलसन्धिबाट आवतजावत गर्ने व्यापारिक जहाजको सुरक्षाका लागि आवश्यक समन्वय र सहयोग जारी रहने स्पष्ट पारेको छ।

Attariya Hospital

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले एक कार्गो जहाजलाई लक्षित गरी चार वटा आत्मघाती ड्रोन प्रहार गरेको बताएका थिए। तीमध्ये एउटा ड्रोन जहाजमा ठोक्किँदा सामान्य क्षति पुगे पनि जहाजले यात्रा जारी राखेको र अन्य तीन ड्रोन अमेरिकी सेनाले खसालेको दाबी गरिएको छ।

nawajiwan

हालै अमेरिका–इरानबीच भएको समझदारीअनुसार होर्मुज जलसन्धि पुनः सञ्चालनमा ल्याइएको छ। विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो रणनीतिक जलमार्गमा ६० दिनसम्म व्यापारिक जहाजलाई निःशुल्क आवतजावत गर्न दिने सहमति भए पनि पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा र विश्व व्यापारप्रति पुनः चिन्ता बढाएको छ।