दुई गोलले पछि परेको बेल्जियमको चमत्कारी पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा प्रवेश

Image
Nisarga Hospital

फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार अमेरिकाको सियाटलमा भएको रोमाञ्चक नकआउट खेलमा बेल्जियमले अविश्वसनीय पुनरागमन गर्दै सेनेगललाई ३–२ गोलअन्तरले पराजित गरेको छ। अतिरिक्त समयको अन्तिम मिनेटमा कप्तान युरी टिलेमान्सले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्‍याए।

CP Hospital Dhangadhi

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको सेनेगलले २५औँ मिनेटमा हबिब डिएरा र ५१औँ मिनेटमा इस्माइला सारको गोलबाट २–० को बलियो अग्रता बनाएको थियो। ८५औँ मिनेटसम्म सहज जिततर्फ उन्मुख देखिएको सेनेगल अन्तिम क्षणमा दबाब झेल्न बाध्य बन्यो।

दोस्रो हाफमा मैदान छिरेका अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले ८६औँ मिनेटमा थोमस मुनिएरको क्रसलाई उत्कृष्ट फ्लिकमार्फत गोल गर्दै बेल्जियमको पुनरागमनको सुरुआत गरे। त्यसको तीन मिनेटपछि कप्तान टिलेमान्सले हेडरमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

nawajiwan
Attariya Hospital

अतिरिक्त समयको १२५औँ मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (VAR) को करिब सात मिनेट लामो समीक्षा पछि बेल्जियमले पेनाल्टी पायो। टिलेमान्सले त्यस अवसरलाई सदुपयोग गर्दै विजयी गोल गरे र बेल्जियमलाई शानदार जित दिलाए।

यो जितसँगै बेल्जियमले जुलाई ७ मा हुने अन्तिम १६ को खेलमा अमेरिका वा बोस्निया–हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ। हारसँगै अफ्रिकी च्याम्पियन सेनेगलको विश्वकप यात्रा भने समाप्त भएको छ।