सर्वाधिक गोलकर्ताको दौडमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा

Image
Nisarga Hospital

फ्रान्सका कप्तान किलियन एमबाप्पे जारी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्। प्रतियोगितामा सातौँ गोल गरेसँगै एमबाप्पेले मेसीको बराबरी गरेका हुन्।

CP Hospital Dhangadhi

एमबाप्पेले पाँच खेलमा ७ गोलसँगै २ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। यता, मेसीले भने केवल चार खेलमै ७ गोल गर्दै गोलकर्ताको सूचीमा शीर्ष स्थान कायम राखेका छन्। दुवै स्टार खेलाडीको प्रदर्शनले गोल्डेन बुटको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।

Attariya Hospital

सर्वाधिक गोलकर्ताको सूचीमा नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका ह्यारी केन समान ५–५ गोलसहित तेस्रो स्थानमा छन्। हालान्डले तीन खेलमै ५ गोल गरेका छन् भने केनले चार खेलमा समान गोल संख्या पूरा गरेका हुन्।

nawajiwan

यस्तै, फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार समान ४–४ गोलसहित पाँचौँ स्थानमा रहेका छन्। डेम्बेले र भिनिसियसले समान २–२ असिस्ट गरेका छन् भने ओयारजाबाल र सारको नाममा १–१ असिस्ट रहेको छ। प्रतियोगिता अगाडि बढ्दै जाँदा सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ।