अवैध सम्पत्ति आर्जनमा पूर्वटेलिकम प्रमुख सुनिल पौडेललाई २ वर्ष ६ महिना कैद

Image
Nisarga Hospital

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद, १२ करोड ७५ लाख ७० हजार रुपैयाँभन्दा बढी जरिवाना र सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै, उनलाई अपराध पीडित संरक्षण ऐनअनुसार ५१ लाख २ हजार रुपैयाँभन्दा बढी क्षतिपूर्ति शुल्क पनि तिर्न आदेश दिइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

अदालतले पौडेलको वैध आय २ करोड २१ लाख रुपैयाँ मात्रै देखिएको तर खर्च तथा लगानी १४ करोड ९७ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख गर्दै १२ करोड ७५ लाख रुपैयाँको स्रोत पुष्टि हुन नसकेकाले त्यसलाई अवैध सम्पत्ति ठहर गरेको हो। सिंगापुरस्थित बैंक खातामा रहेको १ लाख ३५ हजार ३८२ अमेरिकी डलर पनि उनकै भएको फरेन्सिक परीक्षणबाट पुष्टि भएको अदालतले जनाएको छ। यस मुद्दामा प्रतिवादी बनाइएका उनका भाइ अनिल पौडेलको नाममा रहेको सम्पत्ति भने जफत नहुने फैसला भएको छ।

nawajiwan