रित्तिँदो गाउँ जोगाउन छथरको नयाँ अभियान, धेरै सन्तान जन्माउनेलाई २० हजारसम्म बचत प्रोत्साहन

Image
Nisarga Hospital

तेह्रथुमको छथर गाउँपालिकाले बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका गाउँको चुनौतीलाई सम्बोधन गर्न जनसंख्या वृद्धि तथा सामाजिक सुरक्षालाई केन्द्रमा राखेर नवीन कार्यक्रम सञ्चालन गरेको छ। ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ अन्तर्गत जन्मिने प्रत्येक बालबालिकाको नाममा बचत गरिने व्यवस्था गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

संशोधित कार्यविधिअनुसार पहिलो सन्तानलाई ५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई १५ हजार तथा चौथो र सोभन्दा माथिका सन्तानलाई २० हजार रुपैयाँसम्म बचत गरिनेछ। दुई वा सोभन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत थप बचत गर्ने व्यवस्था गरिएको छ।

२०८१ सालदेखि सुरु भएको कार्यक्रममा पहिलो वर्ष ५३ र चालु आर्थिक वर्षमा ७४ नवजात शिशु लाभान्वित भएका छन्। गाउँपालिकाका अनुसार यसले बालबालिकाको भविष्य सुरक्षित गर्नुका साथै परिवारलाई बढी सन्तान जन्माउन प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

छथरले सामाजिक सुरक्षालाई भत्तामै सीमित नराखी ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य सेवा, जनता आवास, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना तथा खाद्य रोजगारी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। जन्मदेखि वृद्धावस्थासम्म नागरिकको जीवनसँग जोडिएका यस्ता कार्यक्रममार्फत गाउँपालिकाले सामाजिक सुरक्षा, जनसंख्या संरक्षण र आत्मनिर्भर समाज निर्माणको नयाँ अभ्यास अघि बढाएको छ।

अनलाईन खबरबाट केही शब्दहरु साभार

# ट्रेण्डिङ