सैनिक महाविद्यालय तेघरीका विद्यार्थीले सामूहिक रूपमा अवलोकन गरे चलचित्र रोल नम्बर–१

Image
Nisarga Hospital

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सैनिक आवासीय महाविद्यालय तेघरीका विद्यार्थीहरूले चलचित्र रोल नम्बर–१ सामूहिक रूपमा अवलोकन गरेका छन् ।

CP Hospital Dhangadhi

धनगढीमा रहेको एसटिएस सिनेमा हलमा पुगरे उनीहरुले चलचित्र रोल नम्बर–१ सामूहिक रूपमा अवलोकन गरेका हुन् ।

विद्यार्थीको सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी व्यवहारिक ज्ञान र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई रोल नम्बर–१ अवलोकन गराइएको महाविद्यालय प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर रानाले बताएका छन् ।

nawajiwan
Attariya Hospital

उक्त चलचित्रमा अभिभावक तथा विद्यालय तहमा पढ्ने बालबालिकाको मनोविज्ञान प्रस्तुत गरिनुका साथै नेपालको वर्तमान शैक्षिक प्रणालीको चित्रण गरिएको हुँदा शिक्षक, विद्यार्थी र अभिभावकले संगै चलचित्र अवलोकन गरेको उनको भनाई छ ।

सो कार्यले बालबालिकाहरुमा समूहगत सिकाइका साथै छलफल तथा तर्क गर्ने क्षमता विकास हुने अपेक्षा रहेको रानाले बताएका छन् ।

“बालबालिकाहरुका लागि परिवार पहिलो पाठशाला भएको हुँदा विद्यार्थीको पढाइमा अभिभावक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक योगदान महत्वपूर्ण हुन्छ, उनले भने, यो चलचित्रमा सामाजिक र पारिवारिक दवावले बालबालिकाको मष्तिस्कमा पार्ने असर र त्यसबाट पढाईमा पर्ने असरबारे पनि चलचित्रमा उल्लेख गरिएको छ, त्यसैले पनि तीनै पक्षले संगै चलचित्र अवलोकन गरेका हौं ।”

# ट्रेण्डिङ