नेपालमा फेरी मनसुन सक्रिय: सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मौसम पूर्वानुमान महाशाखाले आज पनि विभिन्न प्रदेशमा वर्षा जारी रहने जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।

CP Hospital Dhangadhi

हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

Attariya Hospital

महाशाखाले लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

nawajiwan

राति पनि देशका अधिकांश हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपासका बासिन्दा तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।