कैलालीमा स्तरीय होटल अब राति १२ बजेसम्म सञ्चालन गर्न पाइने

Image
Nisarga Hospital

कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्। यसअघि होटल तथा व्यवसाय राति १० बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था थियो।

CP Hospital Dhangadhi

होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलको सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो। नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन्।

होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा प्रदेश सरकारको मापदण्ड पूरा गरी स्तरीय होटलका रूपमा दर्ता भएका होटलको संख्या करिब एक सय रहेको छ। सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

राति अबेर धनगढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, हवाई यात्रु र लामो दूरीका यात्रुलाई खाना तथा आवासको सुविधा लिन सहज बनाउने उद्देश्यले सञ्चालन समय थप गरिएको व्यवसायीले बताएका छन्। यसबाट धनगढीमा पर्यटकको बसाइ लम्ब्याउन तथा होटल र पर्यटन व्यवसायलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तर, राति १२ बजेसम्म सञ्चालन गर्ने सुविधा स्तरीय होटललाई मात्र लागू हुनेछ। अन्य होटल तथा व्यापारिक प्रतिष्ठानका लागि राति १० बजेसम्मको समयसीमा यथावत् रहनेछ। प्रशासनले थप समय सञ्चालनको सुविधा पाएसँगै होटल सञ्चालकलाई ग्राहकको विवरण राख्न, परिसरको निगरानी गर्न र रातिको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ।

Dhnagadhi & Krishanapur