
दुनियालाई जस्ले सधैँ आसीक दिने गर्छन्,
उनै यातना मानसिक सारिरिक दिने गर्छन्।

सधैँ भन्छौँ कल्याण गरून पसुपतिनाथले,
आएर यातना उनैका नजीक दिने गर्छन्।
धर्ती आकास तताउँछन् बमको तुवाँलोले,
राहत भन्छन र हामिलाई भिक दिने गर्छन्।

रगत पसिना बगाई गर्छौ उनैको सेवा हामि,
विषालु शब्दहरूको उनै फटिक दिने गर्छन्।
हैकमवादी हुन् मानवता बिना के का साथी,
जति बफा गर्छौँ ऊ घाउ अधिक दिने गर्छन्।
कस्तो समाज बनायौँ हामीले बुझ्नै नसक्ने,
वुजुर्वालाई पनि नाम आधुनिक दिने गर्छन्।
॥१॥
मानौं वा नमानौं सत्यको अनिकाल छ देशमा,
अखण्डता बिथुल्ने एउटा सञ्जाल छ देशमा।
कसैलाई लैण्डुव बन्ने रहर छ त कसैलाई जार,
जनतालाई ठग्न दुष्ट सँग अङमाल छ देशमा।
महासय जुम्ला,कर्णाली खैत विकास कताछ,
कतै अनिकाल छ कतै फालाफाल छ देशमा।
जस्लाई कम्युनिष्ट चाहिने हो त्यो लामा बन्यो,
कतै चटक् छ व्यवस्था कतै बबाल छ देशमा।
हिंशा,हत्या बालात्कार र भ्रष्टाचार आज पनि,
उस्तै अनौठो समाचारले आहाल छ देशमा।
कसरी आउँछ सुव्यवस्था हाम्रो देशमा शन्ति,
खै जताततै भ्रष्टाचारको तालैताल छ देशमा।
॥२॥
के सुझ्न सक्छ मन्भित्र आगो जलेको वेला,
एउटा देशभक्तको स्वाभिमान ढलेको वेला।
भाइ दाइ लडाई गर्छन् छ स्वार्थ आआफ्नो,
किन हुंदैन एकता हाम्रो दुष्टले छलेको वेला।
झन पछिझनै आइलाग्यो राष्ट्रको विरूद्ध ऊ,
घरेलु झग्डालेनै आफ्नो यो मन् गलेको वेला।
यातनाका पिडितले कहिले निसाब पाउछन्,
नसोधी आएको विषालु फल फलेको वेला।
जोगाउ आफूलाई दुश्मनको घेरामा परेपछि,
चारैतिरबाट दुश्मनका धनुवाण चलेको वेला।
॥३॥

न सम्झिनु यो देशको त्यो त्यत्तिकै हकदार बनेको छ,
साच्चै छोराले दलाली गरेर बल्ल साहुकार बनेको छ।
आज कहाँ छ हिँजो जस्ले क्रान्तिकारी कथा सुनायो,
सोचौँ निदार खुम्चाएर क्रान्ति किन व्यपार बनेको छ।
ए नेता जी भनिदेउन हामिलाई विदेशी किन भित्रियो,
जहिल्यै पनि हाम्रो देशमा उनैले भनेनुसार बनेको छ।
थाहाछ गरिब देशका धनी नेता किन हुन्छन् साथी हो,
संविधान नाई देशभित्र संस्थागत भ्रष्टाचार बनेको छ।
हिँजो हामिलाई ज जसले मालेमाका कथा सुनाउँथ्यो,
उनै मध्य केही मूशोलीन कुनै ख्रुचेव र जार बनेको छ।
मैपनि क्रान्तिकालागी झण्डा उठाएकै थिएँ कुनैवेला,
देखियो मञ्चबाट पनि कुनै गद्दार लगातार बनेको छ।
॥४॥
साच्चै म आफैले गरेको हु न्वरान आफ्नो,
कस्ले देख्यो र मित्र यहाँ योगदान आफ्नो।
भौतिकवादी कलास चलाउनेहरूलाई हेर,
उनैले भन्नथाले आध्यत्म हो परान आफ्नो।
श्यावास भन्दैन बरू पागल भन्छन् धेरैले,
कति छ कति पाँच दशको लगान आफ्नो।
हामिले त जेजे भन्छौँ त्यही गर्छौँ महासय,
विचार व्यवहारमै उतार्ने आवहान आफ्नो।
ऊ प्रश्न गर्छ नमरेको पनि लाश हुनसक्छ?
हुन सक्दैन न्याय विरूध्द उखान आफ्नो।
॥५॥
दया होइन कसैको हक अधिकार चाहिन्छ,
मानिस हौँ मानिस सरह व्यवहार चाहिन्छ।
खान र लगाउन सबैलाई ओट लाग्ने छानो,
काम गर्छौँ बाचने सबैलाई आधार चाहिन्छ।
एउटा टुक्रा मागेनौँ एक गास भिक मागनौँ,
हामि श्रमजीवि हौँ यो सारा संसार चाहिन्छ।
कसैले देखाओटी गर्नु परेन हामिलाई माया,
हक अधिकारको अब त समाचार चाहिन्छ।
यो फलामे लाई समेत मानिस संझनु होला,
किन भने सबैलाई घरमा औजार चाहिन्छ।
धेरै भयो क्रान्तिकारी अभ्यास र मारिए धेरै,
अबको लडाई हामिलाई आरपार चाहिन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























