कांग्रेस गौरीगंगा–६ को वडा अधिवेशन सम्पन्न, सभापतिमा जानकी साउँद

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा नगरपालिका–६ मा नेपाली कांग्रेसको नियमित वडा अधिवेशन सम्पन्न भएको छ। वडा संयोजक बासुदेवी जोशीको सभापतित्व तथा क्षेत्रीय संयोजक यज्ञनिधि कोइरालाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले जानकी साउँदको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा कांग्रेसका आमन्त्रित प्रदेश सदस्य फणिराज सापकोटा, महासमिति सदस्य एवं गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, पूर्वमहासमिति सदस्य धर्मराज भट्ट, क्षेत्र नं. ४ ‘क’ का सचिव भरत कुँवर, गोदावरी नगर सभापति वीरबहादुर चोखाल, पूर्ववडा सभापति पुरनसिंह कडायतलगायतको उपस्थिति थियो।

Attariya Hospital

पूर्ववडा सभापति कडायतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन झलकमान छेडालले गरेका थिए। अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

nawajiwan