आजदेखि अन्तर्राष्ट्रिय संवतको नयाँ बर्ष २०२४ शुरु, नेपालमा टोपी दिवस मनाईदै

Image
सिड्नीमा नयाँ वर्षको पूर्वसन्ध्यामा भएको उत्सवमा गरिएको आतिशबाजी । तस्बिरः एफपी
Nisarga Hospital

सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ लाई स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय संवत भएकाले यो नयाँ वर्षको उत्साह प्राय अधिकांश देशमा हुने गरेको छ ।

CP Hospital Dhangadhi

यसको विश्वव्यापी रुपमा छुट्टै प्रतिष्ठा र स्थान रहेको छ । मानिस परिवर्तनशील छ । हरेक दिन परिवर्तन चाहन्छ । तर नयाँ वर्षको दिन भने अघिल्लो वर्ष गरेको कामलाई समीक्षा गर्दै अझ नयाँ गर्ने इच्छा र वाचाहरु गर्दै अगाडि बढेको हुन्छ ।

सन् २०२३ को पहिलो महिना नेपालका लागि ठूलो दुर्घटनाले धेरै पीडादायी बनेको थियो । अघिल्लो वर्ष जनवरी १५ तारिखमा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा खस्दा ७२ यात्रुको मृत्यु भएको थियो । सन् २०२३ मा नेपालमा अन्य थुप्रै महत्त्वपूर्ण घटनासँगै आरोह र अवरोह आएका छन् । यो वर्ष उत्साहजनक बनोस् । सबैलाई शुभकामना ।

nawajiwan
Attariya Hospital

टोपी दिवस
आजको दिन नेपाल र नेपालीको पहिचान टोपी दिवससमेत मनाइन्छ । हरेक वर्ष जनवरी १ तारिखमा नेपाली टोपी दिवस देशमा तथा विदेशमा भएका नेपालीले स्वस्फूर्त रूपमा मनाउँदै आएका छन्।

अंग्रेजी नयाँ वर्ष र टोपी दिवसको शुभकामना ।