आज र भोली उल्का वर्षा : नाङ्गो आँखाले हेर्न मिल्ने, यस्तो छ बर्षाको समय तालिका

Image
Nisarga Hospital

सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको उहाँको भनाइ छ ।

CP Hospital Dhangadhi

बुधबार अध्यक्ष भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ।’’

उहाँले अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने जानकारी दिनुभयो ।

nawajiwan
Attariya Hospital

उल्का वर्षा प्रति घण्टा ५० देखि १२० वटासम्म हुने अनुमान गरिएको उहाँको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।

‘‘पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भनिन्छ’’, अध्यक्ष भट्टराईले बुधबार सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ । यो समाचार गोर्खापत्र अनलाईनले छापेको छ ।