धनगढीमा साइकल लेन सांचालनमा, रेखाङ्कन गरिएको क्षेत्रमा साईकल गुडाउन मेयर हमालको आग्रह

Image
Nisarga Hospital

धनगढी : कैलालीमा मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरिएको छ।

CP Hospital Dhangadhi

कैलाली भन्सारदेखि धनगढी विमानस्थल गेटसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो। धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

nawajiwan

Attariya Hospital

कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म सात दशमलव १४ किलोमिटर दाँया र सात दशमलव १४ किलोमिटर बाँया सडकको दुबैतिर साइकल लेन निर्माण गरिएको छ।उपमहानगरपालिकाले विकास निर्माण सेवा बाँकेसँग ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले साइकल लेनको शनिवार बिहान उद्घाटन गरेकी छन्। उनले धनगढीको ट्राफिक चौराहमा हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गरेकी हुन्।

नगर प्रमुख गोपाल हमाल सहितका साइकल यात्रीहरुले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै विमानस्थल मार्गसम्म साइकल चलाएका छन्। साइकल लेनको उद्घाटन स्थलमा नगर प्रमुख हमालले सडकमा रेखाङ्कन गरिएको क्षेत्रमा मात्र साइकल चलाउन आग्रह गरे। उनले भने, ‘साइकल यात्रीको पनि सडकमा हक छ। ठुलो सवारीका चालकहरुलाई सन्देश दिएका हौ।