सुदुरपश्चिम प्रदेशकी राज्यमन्त्री माल मर्यादा बिपरितको पोषाकमा प्रदेश निर्वाचन कार्यालयमा पुग्दा

Image
Nisarga Hospital

धनगढी : सुदुरपश्चिम प्रदेशकी उधोग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री गिता माल मर्यादा बिपरितको पोषाकमा प्रदेश निर्वाचन कार्यालय पुगेकी छिन् । बिहान कुर्ता शुरुवाल लाएर प्रदेश निर्वाचन कार्यालय पुगेकी राज्यमन्त्री माल राष्ट्रियसभा सदस्यको मनोनयनका बेला हाफ ज्याकेट, पाइट र बुटमा उत्रेर पुगेकी थिइन् । से १ झ २८९ नम्बरको भिआइपी गाडीबाट उत्रेकी राज्यमन्त्री मालले लगाएको पोषाक देखेर निर्वाचन कार्यालय बाहिर रहेका राजनितिक नेता कार्यक्रताहरु दगं परे ।

CP Hospital Dhangadhi

ओ हो मन्त्री ज्यु पो हुनुहुँदो रहेछ माओवादीकै एक नेताले भने “मन्त्री जस्तो पदमा बसेको ब्यक्तीले यस्तो सार्वजनिक ठाउँमा आउँदा पोषाकको ख्याल गर्नुपर्ने हो, अली सहज पोषाकमा आएको भए राम्रो हुन्थ्यो, यस्तो पोषाक मन्त्रीलाई सुहाएन, कहीँ बिवाह तथा पार्टीमा भए अलग कुरा हो तर प्रदेश निर्वाचन कार्यालयमै यस्तो पोषाक लाउनु हुन्थेन ।”कार्यालय बाहिर रहेका एक एमाले नेताले यो मन्त्री पदमाथी भद्धा मजाक उडाएको बताए ।

Attariya Hospital

एउटा मन्त्रालयको राज्यमन्त्री जस्तो मान्छेको लवाई, खवाई सबैले पचाउने हुनुपर्छ ति नेताले भने “राज्यमन्त्री ज्युको यो लवाई ठिक भएन, पदमा रहेको गरिमा राख्नुपर्छ, मन्त्रीले गरिमा राखेपो सबैले गरिमा राख्नुहुन्छ, मन्त्रीनै हिपअप ड्रेसमा उत्रे कसैले गरिमा राख्दैन, बेलैमा सच्चिनुपर्छ ।”

nawajiwan