राष्ट्रिय सभा निर्वाचन : काँग्रेस नेता भट्टबिरूद उजुरी दर्ता

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका नेता नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

CP Hospital Dhangadhi

राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा एमालेका नेता रामचन्द्र जोशीले उजुरी दर्ता गराएका हुन् । राष्ट्रिय सभासदस्य निर्वाचन अन्तर्गत महिला, दलित रअपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका उम्मेदवार नारायण दत्त भट्टको विरोधमा सोही समूहबाट मनोनयनपत्र दर्ता गराए‌का उम्मेदवाररउम्मेदवारको प्रतिनिधि रामचन्द्र जोशीले उजूरी दर्ता गराएको जनाईएको छ ।

हिजो सत्ता गठबन्धन दलतर्फ नेपाली काँग्रेसका उम्मेदवार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराएका थिए । कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यक\अपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराएका छन् । महिलातर्फमा नेकपा माओवादीकी रेणु चन्दले उम्मेदवारी दर्ता गराएकी थिईन ।

nawajiwan
Attariya Hospital

नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता÷अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले उम्मेदवार दिएका थियो ।