कैलालीको कुइने – चिसापानी सडकबाट कर्णालीमा बाइक खस्दा ढकाल दम्पतीको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायकका एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका-७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा भएको पञ्चदेवल विनायक नगरपालिका-१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ गएरहेका थिए । बुधबार साँझ करिब ७ बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

Attariya Hospital

मृतक ढकालका २ छोरा र १ छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन् भने ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गरिरहेका थिए । मृतकका बुवा मोतीराम ढकालको पनि ५ वर्षअघि अछाममा बस दुर्घटनामा परी मृत्यु भएको थियो ।

nawajiwan