
बैतडीः बैतडीमा जारी १६ औ संस्करणकाे एनआरवाइसी कप टि १० क्रिकेट प्रतियाेगितामा आज सेमिफाइनलका खेल सम्पन्न भएका छन्।
पहिलाे सेमिफाइनलमा आयाेजक एनआरवाइसी ए र त्रिपुरा क्रिकेट क्लब तथा दाेस्राेमा कैलपाल क्रिकेट क्लब र पञ्चकाेटी युवा क्लब भिडेका हुन्।

पहिलाे खेलबाट एनआरवाइसी र दाेस्राे खेलबाट पञ्चकाेटी विजयी हुँदै फाइनल पुगेका आयाेजक नागार्जुन रणशैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयाे।
एनआरवाइसी र पञ्चकाेटीबीचको भिडन्त बगलेखान माविकाे मैदानमा साेमबार हुनेछ।
नागार्जुन रणशैनी युवा क्लब,बठ्ठाकाे आयाेजनामा पुस २६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टाेलीकाे सहभागिता रहेको थियाे।


प्रतियोगिताकाे विजेताले २५ हजार,ट्रफि मेडल र प्रमाणपत्र र उपविजेताले १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ।
यसका साथै म्यान अफ दि सिरिजलाई ५ हजार ५ सय,बेस्ट बलर,बेस्ट ब्याटर, बेस्ट फिल्डर,बेस्ट किपर र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरूस्कारकाे व्यवस्था गरिएको छ।
एनआरवाइसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएकाे क्लबका प्रवक्ता महेश चन्दले बताउनुभयो ।
प्रतियाेगिताले क्रिकेटकाे विकास हुने विश्वास रहेकाे आयाेजक नागार्जुन रणशैनी युवा क्लबले जनाएको छ।






























