सुदूरपश्चिमको लगातार तेस्रो जित, अंक तालिकाको शिर्ष स्थानमा उक्लियो, यस्तो बन्यो अंक तालिका

Image
Nisarga Hospital

सुदूरपश्चिमले प्रधानमन्त्री कप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ। यसअघि भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेट तथा दोस्रो खेलमा कर्णालीलाई १ सय ३४ रनले हराएको थियो।

CP Hospital Dhangadhi

बिहीवार सुदूरपश्चिमले दिएको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३० ओभर २ बलमा ९३ रनमा अल आउट भयो। सुरुआती ब्याटिङमा आएका खेलाडीले गण्डकीको इनिङ्स सम्हाल्न सकेनन्। आश्विनी राना र कमल परियारको ब्याटिङ प्रदर्शन पनि सन्तोषजनक रहेन। रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए। ४९ बलको सामना गरेका कमल परियारले २२ रन बनाएर आउट भए। अन्य कुनैपनि ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्ल एक्लैले ५ विकेट लिए। मल्लले ८.२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए। उनी म्यान अफ द म्याच पनि घोषित भए। यस्तै, गजेन्द्र बोहराले २, भोज राज भट्ट, नरेन साउद र मिलन बोहराले समान १–१ विकेट हात पारे। त्यसअघि सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले अर्धशतीय इनिङ्स खेले। ७३ बलको सामना गरेका ठगुन्नाले ५ चौकासहित सर्वाधिक ६० रन बनाए। नारायण जोशी ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाएर आउट भए भने शेर मल्लले १९ ररन जोडे। राजु रिजालले १६ तथा टेक रावत १५ रन बनाएर आउट भए। गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले ३÷३ तथा कमल परिया र अमृत गुरुङले समान २÷२ विकेट लिए। यो जितसँगै सुदूरपश्चिम प्रदेश ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको नेपाल पुलिस क्लबको ४ अंक छ।