कोरोनाको समयमा साउदीबाट घर फर्केका ८ जना नेपालीलाई तलब सुविधा दिन खोज्दै साउदी कम्पनी

Image
Nisarga Hospital

साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ । कोरोनाका बेला छुट्टी गएको र महामारीका कारणले फर्किन नसकेका र कम्पनीले दिनुपर्ने तलब सुविधा दिन उनीहरूलाई सम्पर्क गर्दा नभेटेपछि कम्पनीले दूतावासलाई पत्र पठाएको थियो ।

CP Hospital Dhangadhi

रियादस्थित नेपाली दूतावासले बिहीबार एक सूचना जारी गर्दै कम्पनीले उनीहरूलाई तलब सुविधा दिन सम्पर्क गर्ने प्रयास गरेको तर नसकेको जानकारी गराउँदै नेपाली कामदारहरूसँग सम्पर्क गराई कम्पनीले प्रदान गर्ने तलब सुविधा भुक्तानीमा सहजीकरण गरिदिन अनुरोधसहितको पत्र दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ ।

कम्पनीको अनुरोधपछि दूतावासले ८ नेपालीको सूची सार्वजनिक गर्दै कम्पनीको इमेलमा यथाशीघ्र सम्पर्क गर्न भनेको छ । यस कम्पनीबाट तलब सुविधा पाउने ८ नेपालीहरूमा सिरहाका सञ्जयकुमार यादव, सुरेशकुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका वेदबहादुर श्रेष्ठ छन् । सञ्जयकुमारले ५ हजार ३ सय, सुरेशकुमारले ३ हजार ७ सय ९४, बाबुरामले ५ हजार ८८, प्रकाश गिरीले ४ हजार ७ सय ६०, वेदबहादुरले ६ हजार ८ सय ४० साउदी रियाल तलब पाउने भएका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैगरी, सुनसरीका भेगबहादुर राना मगरले ११ हजार ३६, तेह्रथुमका भीमप्रसाद दाहालले ११ हजार ३ सय ८६ र सिरहाका बुधन मुखिया मलहले ६ हजार १ सय १२ साउदी रियाल पाउनेछन् । दूतावासले यी ८ व्यक्तिलाई चिनेको वा सम्पर्क भएको छ भने यो सूचना उनीहरूसम्म पु¥याइदिन पनि अनुरोध गरेको छ ।

गत महिना पनि साउदीको मोहमद अल मोजिल गु्रप कम्पनीले नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई बाँकी रहेको तलब लिन आउन दूतावासमार्फत अनुरोध गरेको थियो । सो कम्पनी टाट पल्टिएपछि त्यहाँ कार्यरत नेपाली कामदार फर्काइएका थिए ।

पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीले कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला त्यहाँ रहेका राम्रा कम्पनीहरूले भने कारणबस घर फर्किएका कामदारहरूलाई तलब सुविधा उपलब्ध गराउन खोजिरहेको छ ।

  • यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।
Dhnagadhi & Krishanapur