धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ सेवानिवृत्त

Image
Nisarga Hospital

अत्तरिया : धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अनिवार्य अवकाश पाएका छन्। अनिवार्य अवकाश पाएका श्रेष्ठको एक समारोहका बीच धनगढी उपमहानगरपालिकाले बिदाइ गरेको छ।

CP Hospital Dhangadhi

काठमाडौं स्थायी बसोबास भएका श्रेष्ठ सुरुमा २०७० सालमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा धनगढी आएका थिए। पहिलो पटक तीन वर्ष ४ दिन बसेका श्रेष्ठको कार्यकालमा धनगढी नगरपालिका उपमहानगरपालिकाका घोषणा भएको थियो।

दोस्रो पटक २०७८ मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनगढी आएका श्रेष्ठले तत्कालीन नगर प्रमुख नृपबहादुर वडसँग करिब ६ महिना र हालका नगर प्रमुख गोपाल हमालसँग २० महिना गरी दुई वर्ष १ महिना ८ दिन धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका हुन्। श्रेष्ठले धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर आफ्नो जागिरे जीवनको ५ वर्ष १ महिना १२ दिन बिताएको बताएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

शनिवार उपमहानगरले आयोजना गरेको बिदाइ कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप(प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्ष, सदस्य र कर्मचारीहरूको उपस्थितिमा बिदाइ गरिएको हो। उपमहानगरपालिकाले गरेको बिदाइ पश्चात् श्रेष्ठले धनगढी बसेर दुई जना नगर प्रमुख र सर्वदलीय संयन्त्र रहेको अवस्थामा काम गर्न पाएको बताएका छन्।

सेवा निवृत्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार, धनगढी उपमहानगरपालिकाका वर्तमान र पूर्व प्रमुख, उप-प्रमुख, अध्यक्ष र अन्य जनप्रतिनिधि, राजनीतिक दलहरू, कर्मचारी र नगरवासीलाई धन्यवाद दिएका छन्। २०३८ सालमा राष्ट्र बैँकबाट सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०४७ सालमा निजामती सेवामा आएका थिए। उनले ३८ वर्ष सरकारी सेवामा रहेर काम गरेको बताए। माघ ७ गते श्रेष्ठले अनिवार्य अवकाश पाएका हुन्।

Dhnagadhi & Krishanapur