अत्तरिया चौराह नजिकै गाडी दुर्घटना हुदा ७८ वर्षीया पैदल यात्रीको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मंगलबार दिउँसो अत्तरिया चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी नाथको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार नविन दाना पोल्ट्री फर्मको गाडीले वृद्धालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री नाथको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनलाई ठक्कर दिन गाडी र चालक गोदावरी नगरपालिका वडा नम्बर २ का दिनेश लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा मालाखेती प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur