यू-१९ विश्वकपमा सुपर सिक्समा आज बंगलादेश सँग भिड्दै, सेमिफाइनल दौडबाट नेपाल बाहिरियो

Image
Nisarga Hospital

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।

CP Hospital Dhangadhi

सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ ।

तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ ।

नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन । त्यसैले नेपालको कुनै अंक छैन । नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । त्यसैले समूह ‘ए’ बाट भारत र समूह ‘डी’ बाट पाकिस्तान अपराजित रहँदै सुपर सिक्स खेल्नु अघि नै ४–४ अंकका साथ आएका थिए । आजको जितले ६–६ अंकमा पुग्दै सेमिफाइनल अनौपचारिकता बाँकी राखेका छन् ।

Dhnagadhi & Krishanapur