एक महिनाको अन्तरमा अत्तरिया र धनगढीका २५३ वटा ग्राहकको विद्युतलाइन काटियो

Image
Nisarga Hospital

कैलालीको धनगढी र अत्तरियामा दुई सय ५३ ग्राहकको विद्युतलाइन काटिएको छ।

CP Hospital Dhangadhi

समयमा विद्युत महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत लाइन काटिएको हो। ती ग्राहकले एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रुपैयाँ विद्युत महसुल बुझाउन आनाकानी गरेपछि धनगढी विद्युत वितरण केन्द्रले लाइन काटिदिएको वताईएकाे छ।

विद्युत लाइन काटेपछि एक सय ८० ग्राहकले विद्युत महसुल बुझाएको धनगढी विद्युत वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलले बताए। विद्युत लाइन काटिएपछि एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ रुपैयाँ विद्युत महसुलवाफतको रकम असुली भएको समेत उनले बताए। धनगढी विद्युत वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडक लगायत गरी ७ वटा कार्यालयको लाइन काटेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

ती कार्यालयले ६ लाख दुई हजार ६ सय ७ रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी छ। सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० रुपैयाँ मात्र विद्युत महसुल वाफतको रकम असुली भएको छ। विद्युत वितरण केन्द्रका अनुसार एक महिनाको अवधिमा धनगढी र अत्तरिया क्षेत्रमा मात्र दुई सय ५३ विद्युत ग्राहकको लाइन काटिएको हो।

Dhnagadhi & Krishanapur