हिमपातपछि सुदूरपहाडका किसान खुसी (फोटो फिचर)

Image
Nisarga Hospital

बैतडीः बैतडीसहित सुदूरपश्चिम प्रदेशका लेकाली क्षेत्रहरूमा हिमपात भएकाे छ। हिउँदे बर्षा भएसंगै बैतडीसहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हाे। । यहाँ यो बर्ष पहिलो पटक हिमपात भएको हो ।

CP Hospital Dhangadhi


बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे, श्रीभावर लगायतका ठाउँमा हिमपात भएको स्थानीय भानबहादुर बाेहराले बताउनुभयाे। पाटनको खोड्पे,अनारखाेली क्षेत्रमा पनि हिमपात शुरु भएको छ ।

May be an image of 3 people, road and text

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।
हिमपात भएपनि राजमार्ग अवरुद्ध भने नरहेका ट्राफिक प्रहरी पाेष्ट खाेडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयाे।
दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बझाङ,बाजुरा, डोटी लगायतका जिल्लाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएको छ । खप्तड लगायतका क्षेत्रहरुमा हिमपात भएको बताइएको छ ।

यो बर्ष लामो समयपछि हिउँदे बर्षा र हिमपात भएको छ । गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरु सुकेका थिए ।

लामो समयपछि भएको हिउँदे बर्षा र हिमपातले बालीनालीमा फाइदा पुर्याएको किसान हरिस महराले बताउनुभयाे। उहाले भन्नुभयो,”यो बर्षाले गहुँबाली, तरकारी बाली र फलफूलका बिरुवाहरु हुर्कन सहयोग पुग्नेछ । लामो समयपछि भएको हिउँदे बर्षाले सिँचाइको काम गरेको छ । यो बर्षा हिउँदेबालीका लागि निकै लाभदायक छ ।”

लामो समयपछि भएको बर्षाले बालीनालीलाई फाइदा पुगेको दशरथचन्द नगरपालिका १ का किसान राजबहादुर टेरले बताउनुभयाे। खडेरीले सुक्नै लागेको बालीमा यो बर्षाले फाइदा पुगेको उनले बताए ।
बर्षा र हिमपातले चिसो बढ्न थालेको छ ।

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसाेकाे समयमा ताताे झाेलिलाे कुरा सेवन गर्न र न्यानाे लुगा लगाउन स्वास्थ्यकर्मीकाे सुझाव रहेकाे छ।

Dhnagadhi & Krishanapur