
अत्तरियाः अत्तरियामा लागेको महोत्सवमा टिकट छानबिनका लागि सहयोग गर्न गोदावरी नगरपालिकाका मेयरका स्वकिय सचिव तथा अत्तरिया उद्योग बाणिज्य संघका सचिव दिलिप कुमार साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलालीमा आफै उपस्थित भएका छन ।

बाणिज्य संघले पुष २६ गते देखि माघ ४ गते सम्म संचालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकेट भेटिए सँगै ब्यापारी तथा केही पदाधिकारी बिच छानबिनका लागि दबाब श्नीजना भएको थियो । यसै क्रममा बाणिज्य संघका ४ जना पदाधिकारीहरुको पक्राउ पुर्जी जारी भए सँगै शुक्रबार उक्त प्रकरणका आरोपीत ४ जना स्वयम् प्रहरी हिरासतमा पुगेका हुन ।
संघका महासचिव शंकर खड्का, सचिव दिपिन कुमार साउँद, सदस्य बम बहादुर बोगटी र टिकट काट्ने जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा आफै प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




अत्तरिया उद्योग बाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकटको छानबिनका लागि अहिले जिल्ला प्रहरी कार्यालय धनगढीमा छानबिनमा रहेका छन ।
यसै बिच गोदावरी नगरपालिकाले टिकट छानबिनको अबस्थामा पदमा रही रहदा पार्ट्री तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस र निश्पक्ष छानबिनका लागि स्वकिय सचिवलाई निलब्मन गरी प्रहरी प्रशासनलाई सहयोग गरेको नगरपालिका स्रोतले बताए ।
अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलालीमा रहेका छन ।


































