प्रेम नेपाली र शान्ति श्री परियारको आवाजमा मार्मिक डेउडा “काँ गै रानी चणा” सार्वजनिक (भिडियो सहित)

Image
Nisarga Hospital

डोटी: डोटीको सायल गाउँपालिका-१ छपालीमा जन्मिएका गायक प्रेम नेपाली र चर्चित गायिका शान्ति श्री परियारको आवाजमा मार्मिक डेउडा गीत “काँ गै रानी चणा” सार्वजनिक भएको छ ।

CP Hospital Dhangadhi

व्यस्त गीतकार राजेन्द्र शाह विपीको शब्द सिर्जनामा कुशल एरेन्जर बिनोद बाजुरालीको लय तथा एरेन्ज रहेको उक्त गीत बुधबार खप्तड डिजिटल म्युजिक प्रा.लि. युट्युबमार्फत सार्वजनिक भएको हो ।

गीतको अडियो नेपालकै उत्कृष्ट मालाश्री रेकर्डिङ स्टुडियो काठमाडौंमा तयार पारिएको हो ।
अनुभवी निर्देशक भीम थापाले निर्देशन गरेको गीतको भिडियोमा टेक बिष्ट, रोजी कुवर, सुरेश चन्द, कपुर गिरी र सरस्वती खड्का भट्टको अभिनय रहेको छ ।

nawajiwan

सुदूरपश्चिमका विभिन्न क्षेत्रलाई समेटेर खप्तड फिल्मसले दृश्य निर्माण गरेको उक्त गीतको छायांकन अमृत उपाध्यायले गरेका हुन् भने मेकअप बबिता बोहराको रहेको छ ।

Attariya Hospital

‘हिमालभन्दा अग्लो होस्’, फुलेको बाबरी फुल, ‘पुर्वेली कान्छी’, ‘प्रदेशको चिनारी’, ‘पिरतीको अड्डा छैन’, ‘रिनले परदेशी भयाँ’, ‘क्या कर्म आगलागी’ लगाएत गीतबाट चर्चा बटुलिसकेका गायक प्रेम नेपालीले नौलो कोसेली “काँ गै रानी चणा”बाट दर्शक श्रोताको अझै मन जित्ने आशा गरेको बताएका छन् ।

संख्यात्मक रूपमा धेरै सिर्जनाहरु पस्किन नसके पनि दर्शक श्रोताको चाहना अनुरुप क्रमिक ढंगले साङ्गितिक यात्रालाई निरन्तरता दिने गायक नेपालीले बताए ।

गायक नेपाली हाल कामको शिलशिलामा दुवैमा रहेका छन् ।
हेर्नुहोस् गीतको भिडियो –