क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक खेल बाँकी छँदै जित्यो सिरिज

Image
Nisarga Hospital

नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ। शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै जितेको हो।

CP Hospital Dhangadhi

नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ। २८६ रनको लक्ष्य कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो।।

नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अर्धशतक बनाएलगत्तै उनी आउट भएका थिए। आज कुशल भूर्तेलको स्थानमा उनलाई खेलाइएको थियो। अर्का ओपनर आशिफ शेख १० रन बनाएर आउट भए। देव खनालको विकेटपछि आएका भीम सार्कीले २१ बलमा ४ चौका हानेर २३ रन जोडे। पवन सर्राफले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १४ रन बनाए। त्यसपछि कुशल मल्ल र सोमपाल कामीले ९/९ रन प्रहार गरेका थिए। नेपालले ४५.१ ओभरमै लक्ष्य पूरा गरेको थियो।

Dhnagadhi & Krishanapur