
नेपालले आज कीर्तिपुर मैदानमा क्यानडाविरुद्धको तेस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको अन्तिम खेल आज खेल्न लागेको हो । सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको हो । तीन खेलको सिरिजमा दुई खेल जितिसकेको नेपाल एक खेल अगाडि नै च्याम्पियन बनेको हो ।
उत्कृष्ट बलिङले रोमाञ्चक पहिलो खेल
बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकाल्यो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्तान रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो।




क्यानडालाई हराउन कसिलो बलिङ गर्दै नेपालका लागि कप्तान पौडेलले चार विकेट लिए। नेपालले गुमाइसकेको खेललाई कप्तान पौडेलले जितको दिशामा फर्काएका थिए। ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवन सर्राफले एक एक विकेट हात पारे।
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक-एक विकेट लिए । दोस्रो खेलमा आकाश चन्दले राष्ट्रिय टिममा डेब्यु गरे । नेपाललाई यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुर्याउन महत्त्वपूर्ण बलिङ गरेका आकश राष्ट्रिय टिममा अटाएका हुन् । खबरहब बाट


































